Banner News मनोरन्जन समाचार समाज

यी हुन् बलिउड हुँदै हलिउड यात्रा तय गरेका भारतीय कलाकार

कार्तिक २१, काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय दर्शक कमाउन बलिउडका थुप्रै कलाकारहरु हलिउडतर्फ आकर्षित भइरहेका छन् । यहाँ बलिउड हुँदै हलिउडतर्फ यात्रारत कलाकारहरुको चर्चा गरिएको छ ।

 

 

प्रिंयका चोपडा

हलिउडमा राम्रो करियर बनाउन सफल कलाकारमध्ये अभिनेत्री प्रिंयका चोपडा पनि एक हुन् । प्रिंयका बलिउड मात्रै नभई हलिउडमा पनि उतिकै सक्रिय छिन् । उनले चर्चित टिभी सिरिज ‘क्वान्टीको’को लिड रोलमार्फत हलिउडमा डेब्यू गरेकी हुन् । जुन हलिउडलगायत बलिउडमा पनि निकै चर्चित शो हो ।

प्रिंयकाले सन् २०१७ मा रिलिज ‘बेवाच’ चलचित्रमा पनि अभिनयको अवसर प्राप्त गरिन् । प्रिंयकाले श्रीमान हलिउड गायक निक जोनसको म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

दीपिका पादुकोण

बलिउडकी चर्चित अभिनेत्रीमध्ये अर्की अभिनेत्री दीपिका पादुकोणले पनि हलिउडमा छलाङ् मारेकी थिइन् । तर उनको हलिउड छलाङ त्यति फराकिलो भएन ।

हलिउड स्टार भिन डिजेलसँग एक्शन चलचित्र ‘त्रिपल एक्स : रिर्टन अफ जेन्डर केज’ मार्फत हलिउड प्रवेश गरेकी थिइन् । तर यो चलचित्रपछि उनी अरु हलिउड चलचित्रमा भने देखिनन् ।

इरफान खान

बलिउडका सशक्त अभिनेता इरफान खान बलिउड मात्रै होइन हलिउडमा पनि उत्तिकै सक्रिय छन् । उनले अभिनय गरेको पछिल्लो हलिउड चलचित्र हो ‘पजल’ । योसँगै उनले चलचित्र ‘इनफेर्नो’, ‘जुरासिक वर्ल्ड’, ‘लाइफ अफ पी’,‘द अमेजिङ् स्पाइडर म्यान’मा पनि अभिनय गरेका छन् ।

ऐश्वर्या राई बच्चन

पूर्व मिस वर्ल्ड अभिनेत्री ऐश्वर्या राई बच्चन विश्वभरमै चर्चित भारतीय व्यक्तित्वमध्ये एक हुन् । उनको सुन्दरता र अभिनय हलिउड र बलिउड दुबैतर्फ उत्तिकै चर्चाको विषय बन्ने गरेको छ ।

उनले २००२ मा चलचित्र ‘ब्राइड एण्ड प्रिजुडाइस’ मार्फत हलिउडमा प्रवेश गरेकी हुन् ।

त्यसपछि उनले चलचित्र ‘दी मिस्ट्रेस अफ स्पाइसेस, ‘द लास्ट लिजेन’ र ‘द  पिंक प्यान्थर २’ मा अभिनय गरेकी छिन् ।

अनिल कपुर

बलिउडका ‘इभरग्रिन’ अभिनेताको रुपमा परिचित अनिल कपुरलाई हलिउड चलचित्रले विश्वव्यापी रुपमा एक परिचित अनुहार बनाएको हो ।

उनले चर्चित हलिउड टिभी सिरिज ‘२४’ मा अभिनय गरेका थिए । त्यसपछि हलिउडमा खासै नदेखिएका उनी बलिउडमा भने अझै पनि सक्रिय छन् ।

अनुपम खेर

कलाकार अनुपम खेरले चलचित्र ‘बेन्ड इट लाइक ब्याकम’, ‘सिल्भर लाइनिङ् प्लेबुक’, ‘द बिग सिक’, ‘होटेल मुम्बाई’, ‘द मिस्ट्रेस अफ स्पाइसेस’, ‘ब्राइड एण्ड प्रिजुडाइस’, ‘लस्ट कसन’, र ‘अ फ्यामिली म्यान’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

फ्रिडा पिन्टो

भारतमा जन्मिएकी कलाकार फ्रिडा पिन्टो बलिउड भन्दा पनि हलिउडमै परिचित छिन् । पिन्टोले ड्यानी बायलको ‘स्लमडग मिलिनियर’, ‘यु विल मित अ टल डार्क स्ट्रेन्जर’, ‘ राइज अफ द प्लानेट अफ एप्स’, र ‘इमोर्टलर्स’ लगायत दर्जन बढि हलिउड चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नसिरुद्दिन शाह

कलाकार नसिरुद्दिन शाह भारतका राम्रा कलाकारको सूचीमा गनिन्छन् । बलिउडमा थुपै चलचित्रमा अभिनय गरिसकेका उनले हलिउड अभिनय यात्रा अघि बढाएका छन् । ‘द लेगिउ अफ एक्स्ट्राअर्डिनरी जेन्टलम्यान’, ‘द ग्रेट न्यु वन्डरफुल’, ‘द हङग्री’ चलचित्रमा उनले अभिनय गरिसकेका छन् ।

ओम पुरी

अभिनेता ओम पुरीले आफनो अभिनय कला बलिउड, पाकिस्तान हुँदै हलिउडमा पनि फैलाएका छन् । उनका चर्चित हलिउड चलचित्रमध्ये एकेडेमी अवार्ड प्राप्त निर्देशक रिचार्ड एटनबरोको ‘गान्धी’, ‘सिटी अफ जोय’, ‘ इस्ट इस्ट’,‘कोड ४६’, ‘हन्ड्रेड-फुट जर्नी’ र ‘चार्लि विल्सनंस वार’ रहेका छन् ।

गुल्सन ग्रोबर

‘ब्याड म्यान अफ बलिउड’ को उपनामले चर्चित हुन् अभिनेता गुल्सन ग्रोबर । थुपै बलिउड र एक नेपाली चलचित्रमा पनि अभिनय गरिसकेका उनले केही हलिउड चलचित्रमा पनि काम गरिसकेका छन् ।

उनले ‘द सेकेन्ड जंगल बुक’, प्रिजनर्स अफ द सन’,‘ब्लाइन्ड एम्बिसन’, ‘डेस्प्रेट एन्डएभोर्स’, ‘माई बलिउड ब्राइड’, ‘डिजार्यस अफ द हार्ट’ लगायतका हलिउड चलचित्रमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *