अन्तराष्ट्रिय प्रदेश प्रदेश २ समाचार समाज

मलेसियामा एक नेपालीको मृत्यु

कात्तिक २२, सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ  ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल  सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न  निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि  यादव  रोजगारीको सिलसिलामा मलेसिया गएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *