विचार

नेपालको सीमानामा भारतीय दादागिरी

  • खिमराज गिरी

हालसालै भारतद्धारा प्रकाशित आफ्नो राजनीतिक नक्सामा कालापानी र लिपुलेकलगाएतका क्षेत्रहरुलाई पुनः भारतकै नक्सामा समावेस गरी देखाएको वडप्पन र दादागिरीको विरुद्धमा नेपालमा सत्तारुढ दललगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले आफ्नो मातृभूमिको रक्षार्थ र सीमा सुरक्षासम्बन्धमा भारतविरुद्ध सडकमा आन्दोलन छेडिरहेका छन् ।

यस सम्बन्धमा सत्तारुढ दललगायत अन्य विभिन्न राजनीतिक दलहरु राष्ट्रियताको मामलामा एक भएर उभिएका छन् र यसले के पनि सन्देश दिएको छ भने विगतमा विभिन्न राजनीतिक दलहरु मिलेर भारतको आग्रहलाई अस्वीकार गर्दै गणतान्त्रिक नेपालको संविधान जारी गर्न सफल भए र हाल पनि देशको अस्तित्व र सार्वभौमिकताको रक्षार्थ नेपाल एक स्वतन्त्र, अभिभाज्य सार्वभौमसत्तासम्पन्न राष्ट्र् हो र नेपाल कसैको सामु घँडा टेक्दैन, न त हाम्रा वीर पुर्खाहरुले आफ्नो अस्तित्व मेटाएका थिए भन्ने सन्देश दिएको छ ।

यसैअनुरुप सरकारको तर्पmबाट एक विज्ञप्ति जारी गरी आधिकारीक धारणा पनि आइसकेको छ र विभिन्न नेता तथा बुद्धिजीवी लगायतले पनि सो सम्बन्धमा आधिकारिक धारणा अगाडि सारिसकेका छन् । जस्तै नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले ”नेपालको भूमि अतिक्रमण आपत्तिजनक”, नेकपाका अध्यक्ष प्रचण्डले ”यो नक्शामा हामी लचिलो वन्दैनौ”, त्यस्तै नेकपाका नेता झलनाथ खनालले ”सीमा चलाउने अधिकार कसैलाई छैन” यसैगरी बाबुराम भट्टराइले ”भारतले एकपक्षीय नक्सा जारी गर्नु असह्य” भनिसकेका छन् । यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुद्धारा आप्mनो आधिकारीक धारणाहरु आइसकेको वर्तमान अवस्थामा भारतले पनि आफ्नो आधिकारीक धारणा राख्दै आफुले जारी गरेको भारतीय राजनीतिक नक्सालाई लिएर नेपालमा भएको आन्दोलनको कुनै तुक छैन भन्दै भारतीय विदेस मन्त्रालयका प्रवक्ता रविसकुमारले भारतले आफ्नो सार्वभौम भुभागलाई सहि ढंगले चित्रण गरी नेपालको नक्सामा फेरवदल नगरिएको भन्ने धारणा राखिसकेको अवस्थामा दुबै देशका आधिकारीक व्यक्तिहरुको् संयुक्त बैठक बसि कुटनैतिक तरिकाबाट नेपाल भारतको यो सीमा विवादलाई टुङ्गयाउन सकिएन र अवपनि भारतको दादागिरीबाट डराई वेवास्था गरियो भने यतिमात्र होइन हाल भारतले मिचेको लगभग ६२ हजार हेक्टर जमिन मात्र उसको स्वामित्वमा नभई केहि समयको अन्तरालमा अझ बढि हुनसक्छ ।

तसर्थ यसको लागि हाल भइरहेको सीमा विवादलाई दुई देसका सीमा विज्ञहरु, परराष्ट्र मामलाका जानकारहरुको सामीत्यतामा दुवै देसको सीमा विवादलाई टुङ्गयाई नेपाल भारतको सीमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने जरुरी देखिन्छ । नेपालका केहि राजनीतिक दलका नेताहरुमा आफ्नो स्वार्थको खातिर स्वास्थ्य उपचार र भावी सन्ततीको लागि छात्रवृत्तिमा रमाउने प्रवृत्ति हावी भएको कारणले पनि राष्ट्रियताको स्वार्थ गौण हुनसक्छ ।

तैपनि सन १९६२ देखि विवादास्पद समाचारकोरुपमा रहेको कालापानी र लिपुलेकको समस्यापछि नवलपरासीको सुस्ताले झन समस्या वल्झायो र तात्कालिन समयमा राजा महेन्द्रले सो समस्या समाधान गर्न सकेको भए राष्ट्रवादी राजाको रुपमा चित्रण नेपाली जनताले गर्थे होलान तैपनि विभिन्न समयमा विभिन्न कुटनैतिक व्यक्तिहरुको पहलमा यस सम्बन्धमा वार्ता पनि नभएको होइन तर उक्त समस्या नेपाली जनताको सामु जिउँका तिउँ भएर रहिरह्यो र हालका प्रधानमन्त्रीले पहिलोपटक सत्ता सम्हाल्दा भारतीय नाकावन्दीको प्रतिरोध गरी नेपाल र नेपाली जनताको राष्ट्रियता प्रतिको अगाध आस्थालाई उचाइमा पुर्याउन सफल भएका थिए र नेपाली जनताले विश्वास गरी अहिलेको पोजिसनमा हालका प्रधानमन्त्रीलाई पुर्याएका छन् त्यसैले अहिलेको यो सीमा विवाद कुनै पनि राजनीतिक दलहरु या व्यक्ति विशेषको लोकप्रियताको मुद्धा पनि वन्नसक्छ । त्यसैले अहिलेका प्रधानमन्त्रीलाई राष्ट्रप्रतिको अगाध प्रेम र आस्था देखाउनको लागि सुनौलो अवसर र चुनौतिको विषय पनि रहेको छ ।

हुन त नेपाल भारतको सीमानालाई लिएर युद्ध नै लड्छु भन्दै खुकुरी नै उद्याउनु पनि मुर्खता हो र नेपाली जनता र नेपाल सरकारले आफ्नो राष्ट्र्वाद प्रर्दशन गर्ने हो भने कुटनीतिक तरिकाबाट समस्याको समाधान निकाल्नुपर्दछ । अर्को तर्फ बुझ्नुपर्ने कुरा के छ भने हालसालै भारतले काश्मिरमा गरेको भूमि कव्जाको वल मिच्यचाईले दुनियाको आँखा त्यतातिर परेपनि उ सफलजस्तै भयाो तर नेपालको सीमा विवादको सन्दर्भमा हामी आफै सानो मुलुक हौं भनेर हामीले हाम्रो स्वाधिनतालाई उसको मुट्ठीमा पार्न नदिई कुटनीतिकरुपमा उक्त समस्याको समाधान खोज्नुपर्ने हुन्छ किनकी संसारको नियम पनि यो छ कि सवैले वलेको आगो ताप्छन् तर निभेको आगो कसैले ताप्दैनन् भनेजस्तो छिमेकी देशहरु पनि सामरिक दृष्टिकोणबाट जुन राष्ट्र् वलियो छ उसैको पछि लाग्न सक्ने हुनाले पनि नेपालले कुटनीतिक पहल चाल्नुपर्ने जरुरी देखिन्छ । हुन त पहिलाका सत्ताधारीहरुले आफ्नो सत्ता टिकाउनको लागि जल, जमिन, जंगल, जनावर र जरामुरा सवै केहि न केहि मात्रामा बन्दकी या राजिनामाको कागज गराई भारतीय स्वामित्वमा हस्तान्तरण गरी समय समयमा विवादास्पद अभिव्यक्ति दिएका कारणले पनि आज यो समस्या जटिल वन्दै गएको हो र अर्कोतर्फ हालसालै चीनिया राष्ट्र्पतिको नेपाल भ्रमणबाट चिढिएका अमेरिका र भारत अनेक वहानामा नेपाली जनता र नेपालका राजनीतिक दलहरुलाई एक आपसमा भिडाई अस्थिरता निम्त्याउन चाहन्छन् । त्यसैले सम्पूर्ण राजनीतिक दलहरु, बुद्धिजीवी, मानवधिकारवादी, प्राध्यापक, डाक्टरलगाएत सारा जनता एउटै मोर्चामा उभिई कुटनैतिक तवरबाट समस्याको समाधान गर्नु बुद्धिमता ठहरिन्छ ।

यसरी पहिला नेपालको सार्वभौमिकता र अखण्डताको विषयलाई लिएर समय समयमा राजनेताहरुद्धारा राष्ट्रियताको सवालमा विभिन्न अभिव्यक्तिहरु पनि नआएका होइनन् जस्तैः कुनै समयमा प्रधानमन्त्री भएका वखत वि.पि.कोइराला भारत जानु अगाडि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर दशहजार रुपैया थमाए र नमागिएको पैसा पाएपछि रायमाझीले यसको प्रयोजन सोध्दा वि.पि.ले भने कि म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुहोस् त्यसो भयो भने मैले देस हितकोलागि अझ अरु वढि काम गर्न सक्छु । अर्कोतिर नेहरुले राजा महेन्द्रलाई नेपाल भारतमा विलय गराउने प्रस्ताव राख्दा राजा महेन्द्रले भनेका थिए रे कि देसको नाम नेपाल राख्ने भनेर ।

त्यसैले हालका प्रधानमन्त्रीकासामु पनि यस्ता यक्ष प्रश्न जोडिएका छन् । जसले गर्दा उनले नेपालको सीमा विवादलाई जसरी भएपनि कुटनीतिक माध्यमबाट टुङ्गयाउनु जरुरी देखिन्छ । तर नेपाल भूमिमा क्रान्तिकारी, भारतको जमिन टेक्नासाथ आज्ञाकारीको रोगबाट भने टाढा रहनु नै अहिलेको राष्ट्रिय पहिचानको सार्थकतासँग सरकारको साख जोडिएको अनुभूति सारा नेपाली जनताले गर्न पाउन् ।

लमजुङ्ग, मध्येनेपाल नगरपालिका २,
हाल काठमाण्डौ
९८५११९२०८८

Leave a Reply

Your email address will not be published. Required fields are marked *