प्रदेश १ समाचार

सुनवलमा सम्पन्न नगर स्तरिय पशुपक्षि विकास समुहको प्रथम भेला सम्पन्न

कात्तिक २३, नवलपरासी । पश्चिम नवलपरासीको समृद्ध सुनवल नगरपालिका बनाउने उद्देश्य अन्र्तगत पहिलो प्राथमिकतामा कृषि क्षेत्र रहेको सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताउनुभएको छ । दियालो कृषि सहकारी सस्था सुनवलको आयोजनामा शनिबार सुनवलमा सम्पन्न नगर स्तरिय पशुपक्षि विकास समुहको प्रथम भेलामा नगर प्रमुख थापाक्षेत्रीले समृद्ध सुनवल नगरपालिका बनाउनको लागी ५ ओटा पिल्लर मध्यकोे एक प्रमुख पिल्लर कृषि रहेको बताउनुभएको हो ।

सोही कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख थापाक्षेत्रीले कृषि, पर्यटन, प्राकृतिक स्रोत,उद्योग र ब्यापार समृद्ध सुनवलको पहिलो आधार भन्ने मुल नाराका साथ कृषकहरुको समस्या र कृषि क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै पशुपंक्षि तथा कृषिक्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गभिंरतापुर्वक सुनवल नगरपालिका अगाडि बढेको बताउनुभयो । उहाँले नगरभित्रका कृषकहरुलाई शिपमुलक तालिम उपलब्ध गराई सामुदायिक पशु सहायक ,सामुदायिक कृषि सहायक र सामुदायिक अर्गानिक खेति तथा अनुकुल माटो र उपयुक्त विउँ,विजन छनोट गरी आधुनिक कृषि प्रविधी अनुसारको योजना अघि ल्याएको बताउनुभयो । जसको लागी १० विगाहा जमिनमा १० बर्षसम्मको नगरपालिका संग सम्झौता गरी खेती गर्न चाहने कुनै पनि ब्यक्ति ,समुह तथा सहकारीहरुलाई नगरपालिकाले ७० प्रतिशत अनुदानमा ट्याक्टर ,लेगुलर , कल्टिभेट लगाएतको आधुनिक कृषि प्रविधिहरु उपलब्ध गराउन लागेको समेत उहाँले बताउनुभयो । त्यसकालागी कृषकहरुले गर्ने खेति किसानी, पशुपालन तथा फलफुल उत्पादन र ब्यवसायको योजना र उद्देश्यमा प्रष्ट भई आत्मनिर्भर बन्नका लागी कृषि क्षेत्रमा नगरपालिका र प्रदेशले गर्ने सहयोग, बैकिङ सेक्टरको अवस्था एवंम् बजारीकरण कस्तो छ भनि बुझन जरुरी रहेको बताउनुभयो ।

दियालो कृषि सहकारी सस्थाका अध्यक्ष विमल ढकालको अध्यक्षता एंवम् सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनवल नगरपालिका पशुसेवा अधिकृत मिश्री प्रसाद अधिकारी,जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल लगाएत नगरपालिका भित्रका सम्पुर्ण कृषकहरुको उपस्थिती रहेको थियो । कृषक हेमलाल आलेको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम सचालन अशोक कुमार डाला मगरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *