आर्थिक कृषि प्रदेश १ समाचार

सिमरायो खेतीबाट मनग्गे कमाइ

  • गोबिन्द पौडेल, इलाम

कातिक ३०, इलाम । संभावना नै संभावना रहेको इलामे भूमिमा सिमरायो खेतीबाट समेत किसानहरुले मनग्गे आम्दामी गदै आएका छन् । औषधिय गुणका भण्डार मानिने सिमसारमा पाइने सिमरायो धेरैले चाखेका होलान तर ब्यवसायिक खेती गरिन्छ भन्ने चाहि नसुनेको हुनसक्छ । इलामको सूयोदयन गाउपालिका वडा नं १२ जर्सिगाउका किसानहरुले गरेको ब्यवसायिक सिमरायो खेतीबाट बार्षि ५ लाखसम्म भित्राउने गरेका छन् ।

खेत खोल्सा र सिमसारमा फस्टाउने सिमरायो किसानहरुले बारीमा गरेका छन् । पानीको राम्रो बेवस्ता गरि असारमा रोपीएको सिमरायोले मंसिर महिना सम्म आम्दामी दिने गरेको छ । बारीको गराहरुमा सलल बग्ने पानीको ब्यवस्था गरेर सिमरायो रोपेपछि प्रतेक १५ दिनमाकाट्नु पर्ने र आफुले ५ वटा गरामा रोपेको सिमरायोबाट बार्षिक ५ लाखसम्म कमाइ हुने गरेर ५० बर्षिय किसान लाल बहादुर बारुङ राइले बताए । हरेक पटक सिमरायोलाइ टिपेपछि पानीको मुहानमा गाइको गहुत बगाएपछि कुनै मल हाल्नु नपर्ने र करेक १५ दिनमा झार चाहि उखेल्नु पर्ने उनको भनाइ रहेको छ । पानी सलल बगेपछि कुनै फोहोर नहुने सिमरायो उनले हरेक साताको दुइ तिन दिनमा ४ सय मुठासम्म झापाका बजारहरुमा पुर्याउने गरेका छन् । करिव १ किलोको मुठाहरु ५० रुपैयादेखी १ सय बिस रुपैयासम्ममा बिकेको बारुङले बताए ।

अहिलेसम्म कुनै तालिम र सिप नलिएको उनले मात्रहैन आसपासका धेरै किसानहरुले गर्ने गरेका छन् । सिमरायोमा प्रसस्त भिटामिन ए पाइने र जन्डिस रोगीहले औषधिको रुपमा प्रयोग गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *