Banner News प्रदेश ५ समाचार समाज

कृषि प्राविधिक लक्ष्मी बाँठा मगरलाई थबाङ गाउँपालिका द्धारा बिदाइ

मंसिर ०१,थबाङ,रोल्पा । थबाङ गाउँपालिकामा कार्यरत कृषि प्राविधिक लक्ष्मी बाँठा मगरलाई आइतबार एक कार्यक्रम आयोजना गरि विदाई गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत रेवत वहादुर वुढाथोकीको अध्यक्षतामा बाँठा मगरलाई विदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृतले लक्ष्मी बाँठा एक क्षमतावान कर्मचारीलाई गाउँपालिकाले बिदाई गर्नु पर्दा सिङ्गो गाउँपालिका दुखी भएको बताउनु भयो ।

कर्मचारी अभाव भएको बखतमा पनि लक्ष्मीले आफ्नो फाट मात्र नभई वडा सचिवको काम समेत उहाले समाल्दै आउनु भएको थियो । उहा जहा जस्तो अवस्थामा भएता पनि गाउँपालिकाले लक्ष्मीलाई सधै सम्झिराख्ने र उहाको आगामी दिनहरुमा सुखमय र सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

आफु थबाङमा रहदा भुलबस केहि कमि कम्जोरि भएको मा त्यो कमजोरिलाई सहजै रुपमा स्विकारनुहुने छ भन्ने आशा लिएको र आगामी दिनमा थबाङ गाउपालिकाबाट साथ सहयोगको अपेक्षा लिएको लक्ष्मी बाठा मगरले बताएकी हुन् ।

लक्ष्मी बाँठा मगर २०७२ साल देखी थबाङ गाउँपालिकाको कृषि शाखाको कृषि प्राविधिक पदमा कार्यरत थिइन्। विदाई कार्यक्रमको सन्चालन थबाङ गाउँपालिकाका प्रशासन प्रमुख अधिकार बुढा मगरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *