Banner News समाचार सुचना प्रविधी

भोली क्यान महासंघको महाधिवेशन, कुँवर समुह जीतको नजिक

मंसिर ६, काठमाडौं । कम्प्युटर एशोसिएसन (क्यान) महासंघको भोली हुने महाधिवेशनबाट नवराज कुँवरको प्यानलै आउने सुनिश्चित देखिएको छ । सुचना प्रविधि ब्यवसायीहरुको छाता संगठन क्यानको निर्वाचनमा नवराज कुँवर समुह र सुनैना पाण्डे समुह विच प्रतिष्पर्धा हसने भएको छ । कुँवर समुहबाट १४ जना निर्विरोध निर्वाचित भैसकेका छन ।

सञ्चार उद्यमी समेत रहेका कुँवर बर्तमान कार्य समितिको बरिष्ठ उपाध्यक्ष हुन् । क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान अतुलनीय भएकोले उनका पक्षमा बहुमत सदस्यहरुले मतदान गर्ने क्यानका एक सदस्यले बताए । क्यानको स्थापना कालदेखि नै सक्रिय रहेका कुँवरलाई राजधानीमा मात्र खुँम्चिएको क्यानलाई मोफसलसम्म पुर्याएको जस छ । सुचना र प्रविधिको क्षेत्रमा काम गर्न योग्य ब्यक्ति नवराज कुँवरले क्यानलाई देशब्यापी बनाउन ठुलो योगदान गरेका छन । त्यस कारण यस पटक मोफसल देखि राजधानीका सबै भोट कुँवर पक्षलाई जाने दुई मत छैन ।’ क्यान सदस्यको दावि छ । फेरी भोली हुने निर्वाचनमा कुँवर पक्षसँग क्यानमा लामो समयदेखि काम गरेका, आइटी क्षेत्रमा लामो अनुभव हासिल गरेका बौद्धिक र युवाहरुको बाहुल्यता समेत रहेको छ ।

सरकारले सुचना र प्रविधिको क्षेत्रमा विशेष काम गर्ने योजना बनाइरहँदा निजी क्षेत्रलाई समेत समेटेर लैजाने वातावरण बनाउन योग्य र भिजन भएको नेतृत्व भनेको नै कुँवर समुह भएको जानकारहरु बताउछन । ‘१९९२ मा सुचना र प्रविधिको क्षेत्रमा काम गरिरहेका दुई चार जनाबाट शुरु भएको संस्थालाई चलायमान गराउन तथा राज्यले लिएको डिजिटल नेपालको नितीलाई सफल बनाउन निजी क्षेत्रबाट प्रतिनिधित्व गर्न सक्षम र अनुभवी ब्यक्तिको आवश्यक्ता पर्दछ । जुन क्षमता नवराज कुँवरसँग मात्र देखिएकोले चुनाव जित्न गाह्रो नभएको आइटि बिज्ञ तथा केन्द्रीय प्रतिनधि बिशाल महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *