Banner News समाचार सुचना प्रविधी

क्यान फेडरेशनको अध्यक्षमा कुँवर विजयी

मंसिर ८, काठमाडौं । सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । उनी प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछाडि पार्दै अध्यक्षमा विजयी भएका हुन ।

सदस्यहरुमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा सुनैना पाण्डे नेतृत्वको प्यानललले जित हात पारेको छ । संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् । त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ समेत पाण्डे समुहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *