खेलकुद मनोरन्जन समाचार

फुटबलमा ५ देश सहभागी , नेपालको पहिलो प्रतिस्पर्धी भुटान

मंसिर १२,काठमाडौं । दुई दिनपछि सुरू हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा पाँच राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ ।

गत संस्करणको उपविजेता भारत र पाकिस्तानले सहभागी नहुने भएपछि पुरुष फुटबलमा पाँच राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको हो ।

राउन्ड रोविनका आधारमा सञ्‍चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले १७ गते मंगलबार भुटानसँग खेल्दै यात्रा सुरू गर्नेछ ।

१८ गते श्रीलंकासँग खेल्ने नेपालले २० गते माल्दिभ्ससँग तथा २२ गते अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

सबै खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा संचालन हुनेछन् । सागका लागि नेपाली यु-२३ टोली अन्तिम तयारी गरीरहेको छ । सुजल श्रेष्ठको कप्तानीमा रहेको टोली अहिले रंगशालामा अभ्यास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *