फोटोफिचर मनोरन्जन समाचार

फिल्म ‘छ माया छपक्कै’ ले हलमा ५१ दिन मनायो

मंसिर १३  ,काठमाडौँ । फिल्म ‘छ माया छपक्कै’ले काठमाडौँको आधा दर्जन हलमा ५१ दिन मनाएको छ ।

असोजको २४ गतेबाट रिलिज भएको उक्त फिल्म  बीएसआर, गोपी, गुण, गंगा, अष्टनारायण र सीडीसी हलमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ ।

सो फिल्मको निर्माणपक्षले आधा दर्जन हलमा ५१ दिनसम्म रिलिज भएको भन्दै दर्शकलाई धन्यवाद समेत दिएको छ । फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रोहित अधिकारी र आमा सरस्वती मुभिजको निर्माणमा तयार भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *