आर्थिक समाचार सुदुरपश्चिम प्रदेश

शहरी विकास तथा भवन निर्माण बिभाग कैलालीका इन्जिनीयर घुस रकमसहित पक्राउ

मंसिर १४, कैलाली । शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशी घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।

शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशीले भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए । घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले इन्जिनीयर त्रिलोक जोशीलाई घुस वापतको रू.२,५०,००० रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई उक्त रकम सहित निजको कार्यकक्षबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *