अन्तराष्ट्रिय फोटोफिचर समाचार

मलेसियामा एक नेपालीको मृत्यु

मंसिर १४ ,काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको बुधबार सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र विष्टले बताए ।

उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *