राजनीति समाचार

प्यूठान नगरपालिका २ मा नेकपाका मुक्ती पोख्रेल विजयी

  • शशिधर भण्डारी

मंसिर १५, प्यूठान । प्यूठानको प्यूठान नगरपालिका वडा नं. २को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उमेद्वार मुक्ती पोख्रेल विजयी भएका छन् ।

नेपाली काँग्रेसका उमेद्वार मोहन सिं बिष्टलाई २ सय ८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । विजयी उमेद्वार पोख्रेलले १ हजार १ सय २७ मत प्राप्त लिए भने् प्रतिद्वन्दी बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत वदर भएको मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमले जानकारी दिए ।

दुई जनाको उमेद्वारी परेको प्यूठान नगरपालिका २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ जना मतदाताहरुले मतदान गरेका थिए । वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएका कारण वडा नं.२ मा उपनिर्वाचन गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *