Banner News प्रदेश ३ समाचार

उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने

मंसिर १५ ,काठमाडौँ  । काठमाडौँ उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो ।

दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।

आज काठमाडौँ उपत्यकाको चक्रपथभित्र बिहानैदेखि बिजोर नम्बरका सवारीमात्र सञ्चालनमा आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, रिङ रोड र रिङ बाहिर भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । त्यस्तै सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *