आर्थिक समाचार

गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा

मंसिर १५, काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुर ४ नम्बर रहेका छन् ।

 

यी शाखा संगै बैंकका ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले गराउनु भयो । बैकले आफ्ना शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । बैंकका थप गरिएका शाखाहरुबाट समेत निक्षेप संकलन, कर्जा प्रवाह गर्नुको साथै ABBS, ATM, ECC/IPS,C-ASBA, MOBILE बैकिङ्ग, लघुवित्त, रेमिट्यान्स सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिनेछ ।

बैंकले आ.व. २०७६÷७७ को प्रथम त्रैमासमा संचालन मुनाफा रु.१२ करोड ४२ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. ३० अर्ब १० करोड र कर्जा तर्फ रु.२६ अर्ब ३० करोड पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *