कृषि प्रदेश ३ समाचार

नेपाल डेरी एशोसियसन प्रदेश नं. ३ को दोश्रो वार्षिक साधारण सभा सम्पन्न

मंसिर १६, काठमाडौं । नेपाल डेरी एशोसियसन प्रदेश नं.३ को दोश्रो वार्षिक साधारण सभा मिति २०७६ साल मडिसर १५ गते आइतवार प्रदेश नं.३ का अध्यक्ष राजनप्रसाद दाहालको अध्यक्षता तथा राष्ट्यि दुध विकास बोर्डका नि. कार्यकारी निर्देशक बाबुकाजी पन्तको प्रमूख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमूख अतिथि राष्ट्यि दुध विकास बोर्डका नि. कार्यकारी  निर्देशक बाबुकाजी पन्तले दुग्ध विकास बोर्ड सँधै डेरी व्यबसायीहरुको अभिभावक रहेको र सम्पूर्ण डेरी व्यबसायीहरुको हक हितको लागि लागिपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै कार्यक्रमका अर्का वक्ता प्रदेश नं.३ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले अन्य क्षेत्रमा लगाएको भिसिटिएस र पान लागू गर्ने सम्वन्धमा सरकारसँग पहल गरी कृषि तथा दुग्धजन्य पदार्थलाई यसमा समावेस नगरी सहजीकरण गर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा अन्य विभिन्न वक्ताहरुले यस क्षेत्रको सहजीकरणको लागि हर तरहले पहल गर्ने कुरामा जोड दिनुभयो । लामो समयदेखि उक्त व्यबसायमा संलग्न रहेका कर्मठ एवं आप्mनो कार्यमा दत्तचित्त भई सँधै सक्रिय रहने डेरी एशोसियसन प्रदेश नं. ३ का सदस्य धुर्व तिवारीेले पनि उक्त कार्यक्रममा समावेस भई आफ्नो कार्यकालमा यस एशोसियसनको हरेक क्षेत्रको विकासको लागि लागिपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रम भव्य र सभ्यताकासाथ सम्पन्न भएको थियो र कार्यक्रममा उपस्थित सम्पूर्ण वक्ताहरुले आ-आफ्नो क्षेत्रबाट यस व्यबसायलाई उत्कृष्ट र सवैको लागि सहज वातावरण उपलब्ध गराउने र विगतका केहि समय यस क्षेत्रमा छाएको अन्योलता र भ्रमको चिरफार गरी अन्य क्षेत्रलगायत सरकारसमक्ष पहल गर्ने कुरामा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *