Uncategorized

मोरङबाट फरार प्रतिवादी पक्राउ

मंसिर १६ मोरङ । जिल्ला अदालत मोरङको २०७६ जेठ १३ गतेको फैसला अनुसार डाँका मुद्दामा ३० हजार रुपैयाँ जरिवाना र २ वर्ष ११ महिना ३ दिन कैद सजाय भइ हालसम्म फरार रहेका प्रतिवादी विराटनगर महानगरपालिका-१० बस्ने २४ वर्षीय शिवराज चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

‘फैसला कार्यान्वयन फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ चौधरीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *