प्रदेश ५ समाचार

बर्दियामा सार्वजनिक सुनुवाइ तस्करी नियन्त्रण देखि शान्ति सुरक्षा दिने प्रतिबद्ता

  • सागर थापा (क्राईमबिट)

मंसिर १६, बर्दिया ।  जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजना र ठाकुरबाबा नगरपालिकाको सैनवार बर्दियाको सहकार्यमा सोमबार जिल्ला बर्दिया ठाकुर बाबा न.पा.वडा नं. १ स्थित वडा कार्यालयको प्राङगणमा सार्बजनिक सुनुवाई कार्यक्रम भएको छ ।

कार्यक्रम बारे प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बिधिको शासन र नीतिको प्रशासनद्वारा आम नागरिकलाई स्वच्छ निष्पक्ष र व्यबसायिक प्रहरी सेवा प्रदान गर्न बर्दिया प्रहरी अहवरत खटिरहेको र नागरिकको सुसूचित हुन पाउने हकको सम्मान र संरक्षण गर्न, नागरिक र प्रहरी बिचको दुरि कम गर्न, सम्बन्ध प्रगाढ पार्न यो कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रका प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले तस्करी नियन्त्रण देखि शान्ति सुरक्षा कायम गर्न बर्दिया प्रहरी सफल रहेको बताउनुभयो।

ठाकुरबाबा न.पा.का नगर प्रमुख श्री घन नारायण श्रेष्ठ ज्युले बिकासको लागि समुदाय र प्रहरीको सहकार्य अनिवार्य रहेको बताउनु भएको थियो । साथै बिशिष्ठ अतिथिमा सोही न.पा.की नगर उप-प्रमुख श्रीमती कृष्णा कुश्मा थारुले बर्दियामा प्रहरीको कामकारबाही उत्कृष्ट रहेको भनी मुक्तकण्ठले प्रसंशा गर्नुभयो, सोही न.पा.का प्रमुख प्रशासकिय अधिकृत श्री चेत प्रसाद उप्रेती ज्युले सार्वजनिक निकायका काम कारबाहिको बिषयमा आम नागरिकले जान्न पाउने कानुनी प्राबधानलाई प्रहरीले कार्यन्वयन गरेको र अन्य निकायबाट पनि यो कार्य हुनपर्नेमा जोड दिनु भयो ।

शिबदल गण ठाकुरद्वाराका गणपती प्रमुख सेनानी नन्द बहादुर गुरुङ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोला स.प्र.बल बर्दियाका प्रमुख स.प्र.उ. यादव बिश्वकर्मा लगाएतले आआफ्नो धारण राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी बास्तोलाले प्रहरीको सेवालाई प्रभावकारी चुस्त र दुरुस्त बनाउने, चोरी तस्करी नियन्त्रण, अपराध नियन्त्रण, प्रहरीकोआन्तरिक अनुशासनलाई कडाई गर्ने, घंरेलु हिंसा र महिला बिरुद्धको अपराधमा शुन्य सहनशिलता अपनाउने, अबैध तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्रमाणमुखि अपराध अनुसन्धानमा प्रहरीको व्यवसाहिता अभिबृद्धी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको व्यापकताका साथ गर्ने बिषयमा संम्बोधन गर्नु हुनाका साथै सहभागीहरुले प्रहरी सेवामा प्रवाहमा उठाएको प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिनु भएको थियो भने अधिकतम सहभागीहरुले बर्दियामा प्रहरी काम कार्य उत्कृष्ट रहेको भनि मुक्त कण्ठले प्रशंसा गरेका थिए र ईलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँका कार्यालय प्रमुख प्र.नि. बसन्त पाण्डे ज्यु ले संचालन गर्नु भएकोमा पत्रकारहरु ठाकुर बाबाका जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधीहरु, स्थानिय क्लबका प्रतिनिधिहरु, पत्रकारहरु, महिला संजाल का प्रतिनिधिहरु,होटेल ब्यावसायी प्रतिनिधिहरु, क्याम्पस तथा बिद्यालयका प्रमुख तथा प्र.अ.हरु र नागरिक समाज , समाजसेवी, बुद्दीजिबीहरु लगाएत कार्यक्रममा अं. २९० जनाको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख लक्ष्यमन ओलीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *