प्रदेश ५ समाचार

कञ्चनमा श्रीमद भागवत रस महोत्सव

  • विमल भट्टराई /प्रिया अधिकारी

मंसिर १६, कञ्चन । कञ्चनमा श्रीमद भागवत रस सुरु भएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका वडा न:१ रामनगर प्रगतिटोल मनकामना दुर्गा मन्दिर समाजको आयोजनामा मंसिर १३ गते देखी सुरु भएको भागवत रस महोत्सवको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्घाटन गर्नु भएको थियो।

मंसिर १३ देखी सुरु भएको महोत्सव मंसिर १९ गते सम्म जारी रहने छ।पितृ उद्दार तथा मन्दिर स्थापनार्थ सञ्चालन गरिएको महोत्सवमा भक्तालु मानुभावहरुको उत्साह पुर्ण सहभागी रहेको छ । बिहान ७ बजे देखी रातको ११ बजे सम्म भक्तानुजनहरुको उत्साह जनक सहभागी रहेको छ भने सहयोगी दाताहरूले सहयोग गर्ने कार्य पनि जारी रहेको छ तिन दिनमा नै तिन लाख बराबरको रकम संकलन भएको प्रचारप्रसार जारी रहेको र देश तथा विदेशिमा रहनु भएका सहयोगी हातहरुबाट पनि सहयोग भै रहेको कुरा प्रचारप्रसार समितिका संयोजक राजन पौडेलले जानकारी दिनु भएको छ। भने शिव लिंग पुजा गर्दा नाग देवता उत्पत्ती भएको आयोजक टिमले जानकारी दिएको छ।

आजको कार्यक्रममा प्रदेश नम्बर ५का माननीय सदस्य भुमिश्वर ढकाल र बुटवलवलका प्रसिद्ध व्यापारीहरुलाइ बाजा गाजा सहित स्वागत गरिएको थियो । त्यसै गरि वडा न:१का वडा अध्यक्ष हरिनारायण थारुले महोत्सव सफलताको कामन गर्नु भयो भने माननीय सामसद भुमिश्वर ढकालले आफुले सक्दो सहयोग गर्ने बताउनु भयो। १९ गते सम्म चल्ने महोत्सवको मुख्य उदेश्य खेलमैदानलाई पुर्ण रुप दिने र कालीमाता ,सुपादेउराली मन्दिर र बुद्ध शालिक स्थापना गर्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *