Banner News समाचार

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको राष्ट्रपतिद्वारा शुभकामना

उहाँले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको सन्दर्भमा फरकक्षमता भएका व्यक्तिहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व रहेकाे बताउनुभएकाे छ । साथै नेपालमा फरकक्षमता भएका व्यक्तिहरूको अधिकार प्रबर्द्धनका साथै संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरू सुनिश्चितताका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानु पर्ने धारणा व्यक्त गर्नुभएकाे छ ।

‘फरकक्षमता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच, अपाङ्गतामैत्री कानुन, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, भेदभावबाट मुक्ति, निर्णय प्रकृयामा सहभागिताजस्ता विषयहरूलाई आत्मसात गरी स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएको छु,’ शुभकामना सन्देशमा भनिएकाे छ, ‘फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री सरंचना क्रमशःनिर्माण गर्दै जानुपर्ने खाँचो रहेको महसुस गरेको छु ।’

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर- ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय संकल्पका साथ याे दिवस मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *