बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, बागलुङ। बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते र एक जना बेपत्ता भएका छन । बडिगाड गाउँपालिक ७ मा गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ । मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ । तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस