• २०८० चैत्र १६ गते शुक्रवार

भुटानिवरुद्धकाे फुटबलमा नेपाल २–० गोलले अगाडि

पढ्न लाग्ने समय : १ मिनेट
मंसिर १७, काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध २–० गोलले अग्रता लिएको छ ।

खेलको शुरुवाती ५ मिनेटमै सुजल श्रेष्ठको गोलबाट नेपालले १ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफ शुरु भएसँगै खेलको ४९ औं मिनेटमा नेपालले दोस्रो गोल थपेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस