प्रदेश ५ समाचार

जाजरकोटकी एक सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टरमार्फत उद्दार

मंसिर १७, जाजरकोट । सुत्केरी हुन नसकेकी जाजरकोटकी एक महिलालाई हेलिकप्टरमार्फत उद्दार गरी अस्पताल लगीएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो ।

सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन । बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *