ईलाका प्रहरी कार्यालय कोहलपुर तोडफोड, स्थिति नियन्त्रण बाहिर, कर्फ्यु लाग्ने सम्भावना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

म्रसिर २२, बाँके । बाँकेको कोहलपुरमा विद्यार्थीहरुले कोहलपुर इलाका प्रहरी कार्यालय तोडफोड गरेका छन् । ट्रकले ठक्करबाट एक बालिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको हो ।

आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन भने स्थिति नियन्त्रण बाहिर हुन सक्ने भन्दै कर्फ्यु लाग्ने तयारीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस