• २०८१ बैशाख ६ गते बिहिवार

१३ औं साग सम्पन्न हुदै

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , २४ काठमाडौँ । दक्षिण एसियाली खेलुकद (साग०)को तेह्रौं संस्करण आजबाट सकिँदैछ । मंसिर १५ बाट सुरु साग आज पुरुष फुटबलको फाइनलसँगै दशौं दिन समापन हुन लागेको हो ।

१३ औं सागअन्तर्गत आज पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।

यस्तै, आजै बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ ।

यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ । यस्तै, ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपालले आठौं आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । तेस्रो पटक नेपालले साग आयोजना सम्पन्न गर्दैछ ।

प्रतिक्रिया दिनुहोस