• २०८१ बैशाख ४ गते मङ्गलवार

पर्यटन वर्ष २०२०लाई सफल बनाउन अन्तराष्ट्रिय मेयर सम्मेलनकाे आयोजना

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , २४ भक्तपुर । उपत्यका नगरपालिका फोरमले पर्यटन बर्ष २०२०लाई सफल बनाउन अन्तराष्ट्रिय मेयर सम्मेलन गरेको छ ।

उपत्यका नगरपालिका फोरमको बैठकपछि पत्रकार सम्मेलन गर्दै २५ देशका ६० नगरपालिकाको मेयर सम्मेलनबारे जानकारी दिएको हो । मेयर सम्मेलनमा सार्क राष्ट्रका नगरपालिका र भातृत्व सम्बन्ध भएका चीनका १० नगरपालिका तथा अन्य गरी २५ देशका ६० जना नगरप्रमुखको सहभागिता रहेको थियो ।

सम्मलेनमा नगरभित्रका सम्पदा शहरीकरणले गर्दा भएका समस्या र समाधानको विषय, शहरी जीवनलाई स्वस्थ, सुरक्षित सरल बनाउने विषयमा छलफल भएको बताइएको छ । सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस