अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, ३ एजेन्सी। अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ ।

ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २ सय ११ भोटले महाभियोग प्रस्ताव पारित भएको हो । स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए ।

राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो त्यहाँको माथिल्लो सदन ‘सिनेट’ले टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस