धुर्मुस सुन्तलीको ‘फनफनी’ गीत सार्वजनिक (भिडियो)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, ४  काठमाडौँ । फागुन ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘फनफनी’ बोलको गीतमा मेलिना राई र कालीप्रसाद बास्कोटाको स्वर सुन्न सकिन्छ भने शंकर थापा स्माइलको संगीत रहेको छ । यस्तै गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । भिडियोमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणि नेपाल लगायतलाई देख्न सकिन्छ । यी कलाकारले गीतमा मात्र नभएर फिल्ममा पनि अभिनय गरेका छन् ।

‘फनफनी’ गीतको कोरियोग्राफी शंकर बिसीले गरेका हुन् भने अञ्जली अधिकारीले पनि नृत्य प्रस्तुत गरेकी छिन् । यो गीत पहिले ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्मका लागि तयार पारिएको तर ‘सेन्टीभाइरस’ पहिले नै निर्माण हुने भएपछि यसैमा समावेश गरिएको निर्माण टिमले बतायो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । फिल्मको कथा भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

डिन्डु लामा ह्योल्मो निर्माण गरेको फिल्ममा फुर्पा ह्योल्मो सह–निर्माताका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस