सशस्त्र प्रहरीद्धारा २० किलो चरेस पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, भिस्वा । सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट भिस्वाले साेमबार बिहान २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो।

बिहान ४:१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस