मोबाइल एप्सबाटै औषधिको जानकारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष , १३ काठमाडौँ । औषधिबारे जानकारी पाउनका लागी मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । जानकारीमूलक औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

Social media network concept on phone.

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ ।

चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ । विभागका अनुसार एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

प्रतिक्रिया दिनुहोस