नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायिहरुको उमेद्धवार घोषणा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • महेन्द्र सिंह

पुस १७, बाँके । उद्योगी व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समुह प्यानलले अध्यक्ष मा ललित कुमार रोैनियार को नेतृत्वमा शुक्रबार कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरीएको छ । उक्त प्यानलको उपाध्यक्षमा तपेन्दृ विकृम र वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहनुभएको छ ।

सदस्यमा अजय कुमार टण्डन , सनिल सिंघल, विन्दु चर्ति मगर, टंक प्रसाद शर्मा , टेक बहादुर खड्का , मख्खन बहादुर धामि, तेज नारायण कंडेल , बदरुदिन अन्सारी , विष्णु प्रसाद श्रेष्ठ , सन्तोष कुमार वैश्य, सुरेन्द्र सिंह सरदार रहनुभएको छ । उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार ललित कुमार रोैनियारले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आउनुभएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो ।

मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ भन्दै अध्यक्ष पदका उम्मेदवार रोैनियारले भन्नुभयो । उहाँले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले थप्दै भन्नुभयो ‘’यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु ।” २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु भन्दै घोषणा सभामा सहभागि हुँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस