कृषि पत्रपत्रिका प्रदेश १ समाचार

मल नपाएपछि किसानले उखेल्न थाले चिया

‘जीवनभर घाटाको व्यवसाय गर्न सकिँदैन’, हल्दिबारी गाउँपालिका ३ का चिया व्यवसायी श्रीप्रसाद मैनाललीले भने, ‘समयमा मल पाइँदैन, भाउ छैन, मजदुर पनि मुस्किलले भेटिन्छन्। प्रतिकेजी ५ रुपैयाँ घाटा खाएर अब बगान जोगाउन सकिँदैन।

मैनालीका अनुसार सरकारले मल उपलब्ध गराएन। बगान जोगाउन किसानले आफैं मलको व्यवस्थापन गरे भने पुलिस प्रशासन दुःख दिन आइपुग्ने अवस्था छ। ‘यसरी कसरी किसानले चिया खेतीबाट जीवन निर्वाह गर्न सक्छन् ? ’, उनले प्रश्न गरे। मैनालीले १६ बिघा क्षेत्रफलमा चियाखेती लगाएका थिए। गत वर्षदेखि उनले चिया उखेल्न सुरु गरे। ‘तीन बिघामा सिमेन्ट फ्याक्ट्री खोल्दै छु। बाँकी चिया पनि उखेलेर व्यावसायिक खेती गर्छु’, उनले भने। झापामा साना चिया किसानको संख्या १२ सय छ। यसमध्ये ८ सय साना चिया किसान हल्दिबारी गाउँपालिका भित्रै छन्। हल्दिबारी गाउँपालिका भित्रका साना चिया किसान अन्य खेतीतर्पm लाग्दै छन्। स्थानीय सहतलाल राजबंशीले आफ्नो ५ बिघा क्षेत्रफलको चिया उखेलेर धान र तोरी खेती लगाएका छन्। यसैगरी १४ बिघा क्षेत्रफलमा चिया लगाएका सरोज बिमलीले यो वर्ष दुई बिघाको चिया उखेलेर उक्त ठाउँमा तोरी लगाएका छन्।

स्थानीय रामहरि थापाले पनि चिया मासेर अरु नै प्रयोजनका लागि प्रयोग गर्ने सोच बनाएका छन्। स्थानीय दीपेन्द्र भट्टलाईले ५ बिघा क्षेत्रफलको चिया उखेलेका छन्। ‘मुख्य कुरा हरियो पत्तिको मूल्य बढ्ला भन्यो घट्दो दरमा छ’, सहतलाल राजबंशीले भने, ‘प्रतिकेजी मुस्किलले १० रुपैयाँ फ्याक्ट्रीले दिन्छ। तर, कृषकको प्रतिकेजी लगानी १५ रुपैयाँ पर्न जान्छ। सधैँभरी ढाकछोप गरेर घाटा खाएर कसरी व्यवसाय गर्न सकिन्छ ? ’

साना चिया किसान मात्र नभई ठूला चिया उद्योगको समस्या पनि मल र अनुदानमा गएर अड्किएको छ। पाँच अर्ब रुपैयाँ विदेशी मुद्रा भिœयाउँदै आएको चिया क्षेत्रको सिंगो विकास र प्रवद्र्धनमा सरकारी बेवास्ता र लापर्बाहीले किसान निराश हुन थालेको चिया उद्यमी यामबहादुर क्षेष्ठले बताए। उनले भने, ‘गैरचिया क्षेत्रबाट प्रमुख नियुक्ति हुने संस्कारले नै चिया तथा कफी विकास निगम राजनीति गर्ने अखडा बनेको छ।’

‘एक अर्ब केजी चिया उत्पादन हुने भारतमा नेपालबाट जाने एक करोड केजी बराबरको चियाले भारतीय व्यवसायीलाई हतोत्साही बनाउने गर्छ’, नेपाल चिया बचाउ अभियानका संयोजक तथा चिया उद्यमी आदित्य पराजुलीले भने।

हरेक कुरामा ‘सुपर जोन’ जिल्लाको रूपमा घोषणा भएको झापा सबैभन्दा लामो इतिहास र क्षेत्रफल ओगटेको चिया क्षेत्रबारे भने कुनेै प्राविधिक विज्ञ ज्ञान केन्द्रमा नभएको चिया उद्यमी रविचन्द्र नेपाल बताउँछन्। सरकारले गर्दै गएको सौतेनी व्यवहारले गर्दा चिया कृषक अन्य व्यवसायप्रति आकर्षित हुने क्रम सुरु भएको छ। उनको प्रश्न थियो, ‘न चियामा रोग लाग्दा औषधि अनुदान छ, न मल हाल्न पाइन्छ। अनि कृषकले घाटामा कसरी चियाखेती गर्न सक्छन् ? ’ झापामा मात्र ५० हजारभन्दा बढी चिया मजदुर र २० भन्दा बढी चिया उद्योग छन्। यो समाचार अन्नपुर्ण पोष्टका लागि राधा खनालले तयार पारेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *