सामुदायक प्रहरी साझेदारी तथा सार्वजनिक सुनवाई कार्यक्रम सुखडमा सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • राम बिश्वकर्मा

पौष २३, कैलाली । ईलाका प्रहरी कार्यलय सुखड ले सामुदायक प्रहरी साझेदारी तथा सार्वजनिक सुनवाई कार्यक्रम आज सुखडमा सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरिक्षक हरि शरण भट्ट को सभापतित्व संगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरी रहनुभएको थियो ।

सबै नागरिकले प्रहरीहरुलाई सहयोग गरे मात्र समाजमा घट्ने अपराधलाइ न्यूनीकरण गर्न सकिने घोडाघोडी नगरपालीका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति ममता प्रसाद चौधरी बताउनु भएको थियो । आफनो गाउँघरमा अपराधिक गतिबिधि भए तुरुन्तै प्रहरीलाई खबर गरेर सहयोग गरिदीन नगर प्रमुख चौधरीले सबैलाइ आग्रह गरेका थिए । ईलाका प्रहरी कार्यलय सुखडलाई नगरपालिका तथा आफ्नो तर्फ बाट हुन सक्ने सहयोग गर्नै प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
सामुदायक प्रहरी सार्वजनिक कार्यक्रम कार्यन्यनमा घोडाघोडी नगरपालिकाले अग्रसरता देखाएको भन्दैप्रहरी प्रधान कार्यलयले नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरेको छ । ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरिक्षक हरि शरण भट्टले घोडाघोडी नगरपालिका का नगरप्रमुख ममता प्रसाद चौधरीलाई उक्त प्रशंसा पत्र हस्तान्तरण गरेका छन ।

ईलाका प्रहरी कार्यलय सुखडले अन्तरगत परिचयात्मक कार्यक्रम, ट्राफिक व्यबस्थापन सम्बन्धी , लागु औषध नियन्त्रण तथा नागरिक सुरक्ष्ाँ सम्बन्धी कार्यक्रम , अपराध नियन्त्रयण, मानव बेचबिखन विरुद्ध जनचेतना मुलक कार्यक्रम लगाएत सामुदायक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत १६ भन्दा बढि कार्यक्रम हाल सम्म आयोजना गरिसकेको ईलाका प्रहरी कार्यलय सुखडले जानकारि गराएको छ ।
चालु आर्थिक बर्ष २०७६÷०७७ मा अहिले सम्म जम्मा ३८ मुद्धा दर्ता भएका छन् । जसमध्ये ३२ मुद्धा फच्र्यौट भइसकेको र बाकि ६ मुद्धा फच्र्यौट हुन बाकि रहेको ईलाका प्रहरी कार्यलय सुखडले बताएको छ ।

प्रतिक्रिया दिनुहोस