मलेसियामा दुई नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २४ काठमाडौँ । मलेसियामा विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको मृत्यु भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज बिहान विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको छ भने पोख्रेलको सम्पर्क हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस