‘हिजो आजका कुरा’ गीतको भिडियो हाल छायांकन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

  पौष, २५  काठमाडौँ । फिल्म‘हिजो आजका कुरा’को एक गीतको भिडियो हाल छायांकन भैरहेको छ । ‘ए जदौ माया जदौ’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राइको स्वर, दिपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द रहेको छ ।

कविराज गहतराको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्धय जीतु नेपाल, केदार घिमिरेदेखि नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार गौरी मल्ल, निर्देशक दिनेश डीसी, नायिका जेविका कार्की लगायत देखिनेछन् । यस्तै, चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलियालाई पनि पर्दामा हेर्न सकिन्छ ।

साकार पन्तले निर्देशन गरेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतका कलाकारहरको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस