• २०८१ बैशाख ४ गते मङ्गलवार

राष्ट्रिय दलित समुदायका पत्रकारहरुको प्रथम भेला धनगडीमा सम्पन्न, अध्यक्षमा महर चयन

पढ्न लाग्ने समय : १ मिनेट
  • राम बिश्वकर्मा

पौष २६, कैलाली । दलित समुदायका पत्रकारहरुको भेला राष्ट्रिय दलित पत्रकार संघ नेपाल कैलालीको जिल्ला भेला शुक्रबार सम्पन्न भएको छ । सो भेलाले गोदावरी एफएमका पत्रकार महेश महर को अध्यक्षतामा १४ सदस्यी जिल्ला कार्य समिती चयन गरेको छ ।

संघको उपाध्यक्षमा कैलाली पोष्ट का पत्रकार गणेश बिक (प्रिन्स), सचिवमा एफएफ रेडिस्टार समाचार प्रमुख मंगल बास्कोटी, सह (सचिवमा कालान्तर दैनिक पत्रकार सुदिप बिक, रेडियो कैलाली एफएफ समाचार बाचिका निर्मला पहराई र कोषाध्यक्षमा खबर रप्तार का पत्रकार जगत जैगडी चयन भएका छन् । यस्तै सदस्यहरुमा गोबिन्द बिसी, अशोक अछामी, सरोव विश्वकर्मा, भक्त विश्वकर्मा, राम बहादुर विश्वकर्मा, भिम बिसी, सुन्दर बिक र लक्ष्मण बिक चयन भएका छन् ।

सम्मेलनमा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दलित समुदायको शसक्तिकरण नहुदा सम्म समग्र देशको समृद्ध हुन नसक्ने बताएका छन । शाहले भेलामा मानवता सबै भन्दा बढी दलित समुदायमा रहेको बताउदै दलित समुदायको हक अधिकारका मुद्दाहरुमा दलित पत्रकारहरुले बलियो रुपमा कलम चलाउन आग्रह समेत गनुभएको छ ।

दलित महिला पत्रकारहरुको क्षमता अभिबृद्वीका लागी समेत सुदुरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट बिनिमयोजन समेत गरेको भन्दै दलितका अधिकारका सवालमा प्रदेश सरकार साथमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस