प्रतिनिधिसभा बैठक पुन: स्थगित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २७ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख  शिवमाया तुम्बाहाम्फे पनि सहभागी  रहेकी थिइन् ।

तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस