उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा दिन पुन: अस्वीकार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २७ काठमाडौँ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् ।

सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए । तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ ।

उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस