मनोरन्जन

सुटिङका क्रममा साहिद घाइते

पौष, २७ काठमाडौँ । बलिउडमा नायक साहिद कपुर यतिबेला नयाँ फिल्म ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद फिल्मको छायांकनका क्रममा घाइते भएका छन् ।

मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो । साहिदले अब ४–५ दिन आराम गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *