प्रदेश ५ समाचार

कारागारबाट एक कैदी फरार

पौष, २८ रौतहट। रौतहटमा रहेको जिल्ला कारागार गौरबाट एक जना कैदी फरार भएका छन् ।

आइतबार राति अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका अशोक यादव फरार भएका प्रहरीले जनाएको छ ।

तीन वर्षअघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो । कारागारभित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका यादव राति १० बजेको समयमा विद्युत सेवा अवरुद्ध बनाएर अँध्यारोको फाइदा उठाउँदै भागेको कारागार प्रशासनले जनाएको छ । राति बत्ती नबलेपछि बनाउन उनको खोजी भएको थियो । तर कारागारभित्र फेला नपरेपछि उनी भागेको जानकारी कारागार प्रशासनले पाएको थियो ।

फरार भएका यादवको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *