गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २८ काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।

महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।

रङ्गशाला निर्माणस्थलमा नै पण्डित दिनबन्धु पोख्रेलद्वारा महायज्ञ लगाइदै छ । धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको र मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँने जनाएको छ ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस