नेपाली पत्रकारका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २८ काठमाडौँ । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको उद्घाटन गर्दै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताए।

उनले नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरे । मिडिया फोरम तथा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा मुलुकका लागि लाभदायक हुने बताए ।

सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई चिनियाँ भाषा प्रशिक्षण दिएको छ । प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस