ठूलै खतराको संकेत दिँदै तीन शहर खाली गर्न निर्देशन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष,२८ एजेन्सी । खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले फिलिपिन्सको राजधानी नजिकै वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ ।

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो । सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् । सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् । मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ । एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस