वडाध्यक्षको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष,२८ सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका-१ का वडाध्यक्षको मृत्यु भएको छ । आइतबार राति घरमा सुतिरहेकै बेला ५५ वर्षीय अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

उनको श्रीमती, दुई छोरी र एक छोरा रहेको छ भने वडाध्यक्ष कार्कीको सोमबार नै अन्त्येष्टि गरिने बताइएको छ । उनको निधनको शोकमा सोमबार नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा रहने नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस