एस्टन भिल्लामाथि म्यानचेस्टर सिटीकाे फराकिलाे जित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २८ काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गाेल अन्तरले हराएको छ ।

सिटीको जितमा सर्जियो अग्युराेले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरे । जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अङ्क बनाएको छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अङ्क छ । भिल्ला भने २१ अङ्कसहित १८औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस