प्रदेश १ समाचार

‘सिआइबी हुँ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ

पौष, २८ झापा । झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने दुई नक्कली प्रहरी पक्राउ परेका छन् ।

सोमबार दिउँसो चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने गौरीगंञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैले एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसँग सात हजार रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *