कर्णाली प्रदेश राजनीति समाचार

दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिकामा बिरोधसभा सम्पन्न

  • भाबना हमाल

पौष २८, दैलेख । नेपाली काङ्ग्रेस दैलेखका सहसचिब रत्न बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न बिरोधसभा ले चामुन्डाबिन्द्रासैनी नगरपालिकाको बजार केन्द्रको परिक्रमा गरेको थियो। स्थानिय सरकार जनतामुखी नभएर भ्रष्टाचारको दलदलमा पसेको निति बिधीले नभई परिबरिक तवरले चलेको आरोप रत्न शाहीले लगाए।

युवा नेता राजेश कुमार शाहीले बार्ताबाट भागेर नगरपालिकाले एकदलीय सर्बसत्ता लाद्न खोजेको, फरक बिचारको कार्यपालिका सदस्य लाई बैठकमा खबर नै नगरेर बैठक चलाउने खालका गलत गतिबिधी नगरप्रमुखले गरेको बताए।

चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ का वडा अध्यक्ष नारायण रेग्मीले नगरपालिकाले आस्थाको आधारमा हरेक ठाउमा बिभेद भएको बताए। उनले भने ‘बिद्यालय ब्यवस्थापन समिती अभिभावकको होइन नेकपाको चाहिन्छ। बिधिले होइन चाबिमा नेकपाको पार्टीले नगर चलाएको छ नागरिकले यस्को कबफ आन्दोलन बाट दिनु पर्दछ।’ यो नेपाली काङ्ग्रेसको दोश्रो बिरोध सभा हो चामुण्डाबिन्द्रसैनीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *