समाचार

मकवानपुरका छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ

  • ईश्वर दुलाल, खबर24नेपाल

पौष २८, मकवानपुर । मकवानपुर प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले पूर्व पश्चिम लोकमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको भारतीय कारबीआर ०१ सिएम ६२४६ जि नम्बरको कारलाइृ रोकी चेकजाँच गर्दा १० किलो १८० ग्राम लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले बताएका छन ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका छन् ।

त्यसैगरी उपमहानगरपालिका–१५बाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्गा स्थित हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले पथलैया जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा ५ किलो लागू औषध गाँजा सहित चितवनको राप्ती नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण थापा मगरलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले अपराधिक घटना संगै लागुऔषध न्यूनीकरण गर्ने अभियानका लागि आफ्नो काडा एक्शन हुने र कानुनले दिएको सबैअधिकार प्रयोग गरेर लागु औसधखेति ओसारपसार प्रयोग गर्नेहरुलाई कानुनको दायरामा ल्याउने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *