राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापनका लागि समिति गठन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सौगातराज बराल

पौष २९, कास्की । पोखरा महानगरपालिकाले जामुनबोटमा निर्माण गरेको राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापनका लागि समिति गठन गरेको छ । पार्क ब्यवस्थापनकालागि वडानम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको हो ।

पार्क व्यवस्थापन समितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ संरक्षक छन् ।समितिको उपाध्यक्षमा स्थानीय समाजसेवी र महानगरबाट मनोनित गरी ३ जना छन् । स्थानीयबाट भरतबहादुर थापा र महानगरबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र चित्रराज बराल उपाध्यक्षमा मनोनित भए ।

समितिको सदस्य सचिवको जिम्मेवारी मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले पाएका छन् । समितिका सदस्यमा सन्तोष शर्मा, राधा तिमिल्सिना, प्रकाश लामिछाने, राजु पौडेल, गोपाल खड्का र भोजराज गौतम छन् ।

पोखरा बजार क्षेत्रका विभिन्न स्थानहरुमा रहेका राष्ट्रिय बिभूती तथा ब्याक्तीत्वहरुका शालिकहरुलाई एउटै स्थानमा ब्यवस्थित गर्ने उदेस्यले महानगरपालिकाले निर्माण गरेको पार्कमा पृथ्वीनारायण शाहसहित केही सहिदका शालिक निर्माण भइसकेका छन् । यहाँ १ सय ८ राष्ट्रिय विभूति तथा सहिदका शालिक राख्ने योजना छ ।

महानगरले पार्कसँगै रहेको खुला व्यायामशाला पनि व्यवस्थापन गर्ने जनाएको छ । यसको समेत तयारी भएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस