प्रदेश ५ समाचार

मन्दिरको अपमान गर्दै प्युठान सिमेन्ट भक्तजन हरुको गुनासो

  • सागर थापा

माघ २, दाङ । रिहार स्थित राम सीता मन्दिर नया टेन्टिङ्ग पेन्टिङ्गले निकै सिंगारिएको छ । मन्दिर भित्र राम, सीता र हनुमानका मुर्ती राखिएको छ भने बाहिर भित्तामा ठूलो-ठुला अक्षरमा प्युठान सिमेन्ट लेखेर सजाईएको छ ।

धार्मिक क्षत्र, त्यहीमाथी हरेकको आस्था बोकेको रामसीता मन्दिरमा सिमेन्टको बिज्ञापन अति सुहाउँदो छ । महेन्द्र राजमार्गदेखी दक्षिण साईडमा छ रामसीता मन्दिर । त्यस मन्दिरमा पुजापाठका लागि आउने भक्तजनहरु भन्छन मन्दिरमा सिमेन्टको प्रचार सुहाएन ।

यो त भगवान र मन्दिरको अपमान हो भन्दै थिए माघी पर्बमा ।  त्यहाँ मानिसको हुल अत्यधिक हुने भएकाले कम्पनीले आफ्नो सिमेन्टको प्रचार प्रसारका लागि टेन्टिङ्ग पेन्टिङ्ग गरेको स्थानिय बताउँछन् । त्यसो त प्युठान सिमेन्टले सडक छेउका हरेक बस प्रतिक्षालयमा रँगरोगन गरिदिएको छ ।

रिहारको रामसीता मन्दिरमा पनि प्युठान सीमेन्टले पौषको १४ गते रँगरोगन गरिदिएको हो । धार्मिक क्षत्रमा सिमेन्टको बिज्ञापन नसुहाएको रिहारमेला ब्यबस्थापन समितिका सदस्य मानसिँह वलीले बताए । वलीले रँगरोगनको बारे आफुलाई कुनै जानकारी नभएको बताए । पौष २३ गते वडाध्यक्ष रमेश केसीको अध्यक्षता मेला ब्यबस्थापन समिति गठन गरिएपनि त्यो भन्दा अघि बगारबाबा धार्मिक बिकाश क्षत्रले काम गर्दै आएको थियो । बिकाश क्षेत्रका अध्यक्ष मेघसिँह पछाईँसँग रँगरोगनको बारे कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *